सवारी दुर्घटनामा परी म्यादी प्रहरीको मृत्यु

नवलपरासी, वैशाख २५ । नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

आइतबार राति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिप्रका, नवलपरासीले जनाएको छ ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा सो दुर्घटना भएको हो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖