गोरखामा फेला पर्‍यो एक बोरा सकेट बम

गोरखा, गोरखामा एक बोरा सकेट बम फेला परेको छ। सोमबार बिहान सुलिकोट गाउँपालिका–३ स्वारांथलामा पर्ने जंगलमा ढुंगाको ओडारमुनि एक बोरा सकेट बम फेला परेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो।

ओडारमुनि फेला परेको सकेट बम। तस्बिर सौजन्य: नेपाल प्रहरी

उहाँका अनुसार ओडार मुनि बोरामा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरीको टोलीले एक बोरा सकेट बम फेला पारेको हो। सकेट बम डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्दैछ।

सकेट बम फेला परेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖