धरपकडलाई तिब्र पार्दै प्रहरी : गुण्डा नाईके चक्रे मिलन पनि पक्राउ

काठमाडौः आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको सुरक्षाको विषयलाई लिएर प्रहरीले शंकास्पद व्यक्ति माथिको धरपकडलाई तिब्र पारेको छ । निर्वाचनको समयमा हुन सक्ने संभाव्य घटनालाई मध्ये नजर राख्दै प्रहरीले टोले गुण्डालाई निगरानीमा राख्नुका साथै नाइकेहरूलाई पक्राउ गर्न थालेको छ।

फाईल फोटो

ठमेललाई कार्यस्थल बनाएका राप्रपा मनाङका अध्यक्ष दिपक मनाङेलाई पक्राउ गरे लगत्तै अर्का गुण्डा नाईके चक्रे मिलनलाई समेत प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले सोमबार साँझ चक्रेलाई पक्राउ गरेको हो।

निर्वाचनको मिति नजिकिदै गर्दा प्रहरीले अन्य शंकास्पद व्यक्तिलाई निगरानीमा राखेको छ भने अन्य गुन्डानाईकेको समेत खोजिगरिरहेको छ । लिस्ट नै बनाएर प्रहरी आक्रमक रुपमा प्रस्तुत भएपछि गुण्डाहरुको भागाभाग गर्न थालेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।