६ सय जना ज्येष्ठ मातापितालाई एकै थलोमा सम्मान !

बिर्तामोड । झापा अर्जुनधारा–५ मा मंगलबार एकैथलोमा सो वडाका ६ सय जना ज्येष्ठ मातापितालाई सम्मान गरिएको छ । वैशाबाडीस्थित दुर्गा मन्दिर परिसरमा नेकपा एमालेले ज्येष्ठ मातापितालाई सम्मान गरेको हो । ज्येष्ठ मातापितालाई सम्मानपत्र, गाम्छा प्रदान गरेर सम्मान गरिएको थियो । नेकपा एमाले अर्जुनधारा –५ को वडा कमिटीले आयोजना गरेको कार्यक्रममा सम्मानित मातापितालाई जुस र फलफुल समेत वितरण गरिएको थियो ।

कार्यक्रममा ६० वर्षदेखि ९७ वर्षका मातापितालाई सम्मान गरिएको थियो । सबैभन्दा ज्येष्ठ ९७ वर्षीय हरिदास चौधरी र ९१ वर्षीया पार्वता बराललाई समेत सम्मान गरिएको स्थानीय सामाजिक अभियन्ता ध्यानबहादुर भारतीले जानकारी दिए ।

अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष देवी बरालको प्रमुख आतिथ्य र एमालेका वडाध्यक्ष उमानाथ लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद प्रेमबहादुर गिरी, एमालेका क्षेत्रीय अध्यक्ष हरि राना, पूर्व जिल्ला कमिटी सदस्य कुन्दन भट्टराई, पार्टीका अर्जुनधारा नगर अध्यक्ष प्रेमसागर सापकोटा, ताराप्रसाद सञ्जेल लगायतले नेकपा एमाले ज्येष्ठ मातापिताको सम्मान गर्ने पार्टी भएको बताए ।

उक्त अवसरमा आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट अर्जुनधारा–५ का उम्मेदवारहरु वडाध्यक्षमा ध्यानबहादुर भारती, दलित महिला सदस्य रीता नेपाली, सदस्यमा रोहित चौधरी, खड्ग चौहान लगायतको नाम घोषणा र परिचय गराइएको थियो । उक्त वडामा पाँच हजार मतदाता रहेको बताइएको छ । पार्टीका नगर सदस्य शान्तिराम चौहानले स्वागत गरेको कार्यक्रम डेगनाथ खतिवडाले सञ्चालन गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।