गुण्डागर्दी गर्नेको वर्गिकरण गरेर ‘गुण्डा’माथि कडा निगरानी, विप्लवका ३३ कार्यकर्ता प्रहरी खोरमा

चितवन, २७ वैशाख । निर्वाचनको मौन अवधिमा गुण्डागर्दी बढ्नसक्ने भन्दै प्रहरीले गुण्डागर्दी गर्नेको वर्गिकरण गरेर आजबाट निगरानी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार विगतका गतिविधिलाई मूल्याङ्कन गर्दै ८७ जनामाथि निगरानी थालिएको हो । प्रहरीले टोले, फ्याउरे, संरक्षित, व्यावसायिक र आपराधिक गरी उनीहरुलाई वर्गीकरण गरेर निगरानी बढाएको थापाले बताउनुभयो ।

निगरानी बढाएकामध्ये एक जनालाई भने पक्राउ गरिसकेको जनाएको छ । उनीहरुमाथि आज र भोलि कडाइका साथ निगरानी गरिने भन्दै उहाँले निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न विगतमा गुण्डागर्दी गर्नेको अहिलेको क्रियाकलाप बुझ्ने काम भइरहेको बताउनुभयो । व्यावसायिक र आपराधिक गुण्डागर्दी गर्ने निर्वाचनको मौन अवधिमा परिचालन हुनसक्ने भन्दै प्रहरी चनाखो बनेको हो ।

प्रहरीले निर्वाचन विरोधी गतिविधि बढाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका २३ जना कार्यकर्तालाई विभिन्न समयमा नियन्त्रणमा लिएर राखेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।