एमालेद्वारा दोलखा घटनाको निन्दा, घटनामा संलग्नलाई तुरुन्त गिरफ्तार गर्न सरकारसँग माग

काठमाडौँ, २७ वैशाख । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका सिलसिलामा दोलखाको गौरीशङ्कर गाउँपालिका– २ मा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकामा निन्दा गरेको छ ।

गौरीशङ्कर– १ मा पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरसहितले जुगुस्थित नीलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला माओवादी कोन्द्रका कार्यकर्ताको आक्रमणका कारण निधन भएको आरोप लगाउँदै सो दलले आज एक विज्ञप्ति जारी गर्दै सो घटनाको निन्दा गरेको हो ।

पार्टीका पूर्व गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।

एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको सो विज्ञप्तिमा ती घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारबाही चलाउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।