१२ वर्षीय उत्सवको क्यान्सरको सफल उपचार !

पथरी । आर्थिक सहयोग जुटाएपछि मोरङको पथरी शनिश्चरे–१० स्थित जिरिखिम्ती टोलका १२ वर्षीय उत्सव धिमाल भारतको टाटा अस्पतालबाट क्यान्सरको सफल उपचारपछि घर फर्किएका छन् ।

टाउकामा ट्युमर भएको भन्दै काठमाडौँको दीर्घायु अस्पतालले त्यसको शल्यक्रिया गरेको थियो । त्यसपछि रोग झन् जटिल भएपछि टाउकाको उपचार गर्न भारतको बम्बईस्थित टाटा मेमोरियल अस्पताल पुग्दा क्यान्सर भएको अस्पतालले पत्ता लगाएको थियो ।

त्यहाँ लगातारको आठ महिनाको उपचारपछि उत्सव निको भएर बुधबार घर आइपुग्नु भएको छ । विपन्न समुदायका उत्सवको उपचारका लागि सहयोग जुटाउन युवा सहयोगी साजन धिमालको संयोजकत्वमा ‘उत्सव धिमाल बचाउ अभियान समिति’ गठन गरेर आर्थिक सहयोग सङ्कलन अभियान अगाडि बढाइएको थियो ।

यो समाचार राससले गत वर्ष प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशन हामीले पनि फलो गर्दै निरन्तर समाचार प्रकाशन गर्दै आएका थियौ । देश विदेशबाट रु नौ लाख ४८ हजार ७६५ रकम सङ्कलन भएर उपचार गराउन सम्भव भएपछि छोराको ज्यान बाँचेको उत्सवकी आमा उमा धिमालले खुसीका आँसु झार्दै बताउनुभयो । उत्सवकी आमा उमाले भन्नुभयो, “पत्रकारको सहयोग नपाएको भए आज मेरो छोरा सायद जीवित हुन्थेन होला ।”

नेपालमा र भारतमा समेत गरी उत्सवको उपचारमा रु २१ लाख ९० हजार खर्च लागेकोमा सहयोगबाट उठेको रकमबाहेक आफ्नो सम्पूर्ण जायजेथाका रुपमा रहेको घर बन्धकी राखेर उपचार सम्पन्न गरेको परिवारले बताएको छ । सहयोगीकै सहयोगबाट छोराको ज्यान बच्न पुगेको भन्दै उत्सवका बुबा छत्रबहादुरले सहयोगी तथा सञ्चारकर्मीलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।