माओवादीले केन्द्रले भन्यो,- दोलखा घटनामा एमाले नै जिम्मेवार, सत्य तथ्य छानबिन गर

काठमाडौँ, २८ वैशाख । नेकपा (माओवादी केन्द्र)ले दोलखाको जुगुमा भएको घटनामा नेकपा (एमाले) नै जिम्मेवार भएको भन्दै सत्य तथ्य छानबिन गर्न माग गरेको छ ।

सो पार्टीका ३ नं प्रदेश इन्चार्ज हितमान शाक्यले आज प्रेस विज्ञप्ति प्रकाशित गरी स्थानीय तहको निर्वाचनलाई अन्य विषयसँग जोडेर स्थानीय मतदातालाई दिगभ्रमित पारेकाले उक्त दुखद घटना हुन पुगेको बताउनुभएको छ ।

स्थानीयस्तरमा भएको विवादलाई लिएर पार्टीका नेता तथा कार्यकर्तालाई किटानी जाहेरी दिनु र निर्वाचनलाई एकपक्षीय बनाउने मनसायका साथ प्रमुख प्रतिपक्षी दल एमालेले गलत प्रचार गरेको इन्चार्ज शाक्यको विज्ञप्तिमा उल्लेख छ ।

नेता शाक्यले उक्त घटनामा मृत्यु भएकालाई उचित क्षतिपूर्ति दिन, घाइतेको निःशुल्क उपचार गर्न र अवस्थालाई सामान्यीकरण गराउन सरकारको तर्फबाट तत्काल पहल गर्नसमेत आग्रह गर्नुभएको छ ।

मङ्गलबार साँझ दोलखामा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक एमाले कार्यकर्ताको निधन भएको थियो ।

माओवादीले मृतक कुलबहादुर तामाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदनासहित उचित क्षतिपूर्तिका लागि सरकारसँग माग पनि गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।