बर्दियाको गुलरियामा दिउँसै आगलागी, एक महिलाको जलेर मृत्यु

बर्दिया, २८ वैशाख । बर्दियाको गुलरियामा आज दिउँसो भएको आगलागीमा परी एक महिलाको जलेर मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं १० रत्नापुर गाउँको राजेन्द्र मल्लाहको घरमा भएको आगलागीमा परी उनकी अन्दाजी २० वर्षीय बुहारी पुनम मल्लाहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो ।

घरका परिवार खेतमा काम गर्न गएका र पुनम एक्लै घरमा भएका बेला आगलागी भएको स्थानीयवासीले बताएका छन् ।

सदरमुकाम गुलरियादेखि करिब पाँच किलोमिटर दूरीमा रहेको सो गाउँमा भएको आगो गुलरियाबाट गएको दमकल र स्थानीयवासीको सहयोगमा करिब एक घन्टापछि नियन्त्रणमा लिइएको हो ।

अन्य दुईवटा घर र एउटा गोठमा समेत आगो लागेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।