भोट हाल्ने तयारीमा पूर्वराजा ज्ञानेन्द्र, पहिलो रोजाईमा पर्यो एमाले पार्टी

काठमाडौं, २९ बैशाख । यही बैशाख ३१ गते अर्थात आउने आईतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने निर्वाचन आयोगले विश्वास लिएको छ। छोटो समयमा पनि आयोगले द्रुत तयारी गरेको र सम्पूर्ण व्यवस्थापन गरेकोमा चौतर्फी प्रशंसा भैरहेको छ ।

झण्डै दुई दशकपछि हुन गैरहेको स्थानीय तहको निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि भोट हाल्ने तयारी गरेका छन् । शाहले यसबारेमा आफू निकट सहयोगीहरुसँग आन्तरिक छलफल समेत गरेको खुल्न आएको छ। सूत्रको दाबी अनुसार यसपटक उनको रोजाईमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले परेका छन् । पछिल्लो समय यी दुई पार्टीहरुले राष्ट्रियताको पक्षमा लिएको अडानका कारण पनि पूर्वराजा शाहलाई यी पार्टीको पक्षमा भोट हाल्ने ईच्छा जाहेर भएको स्रोतको दाबी छ।

उता निर्वाचनको मुखमा यतिवेला चुनावी रौनकहरु गाउँदेखि शहरसम्म छाएको छ । यतिवेला काठमाडौं उपत्यका रित्तिँदैछ । काठमाडौं बस्नेहरु चुनावमा भोट हाल्नको लागि आफ्नो गृहजिल्ला गैरहेका छन्।

काठमाडौंबाटमात्रै नभएर विदशेबाट पनि आफ्नो पार्टीका उम्मेद्धवारहरुलाई जिताउनको लागि भोट हाल्न आउनेहरुको घुईँचो नै लागेको छ। देशको एकमात्रै अन्र्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा दिनहुँ हजारौंको संख्यामा नेपालीहरु ओर्लिएका छन् । यसले पनि के देखाउँछ भने विदेशमा बस्ने नेपालीहरुलाई पनि यो चुनावमा भाग लिने ठूलो उत्साह रहेको छ।

त्यस्तै छिमेकी देश भारतमा काम गर्ने, व्यापार व्यवसाय गर्नेहरुपनि धमाधम नेपाल फर्किएका छन् । उनीहरु पनि भोट हाल्नैको लागि केही समयको छुट्टि मिलाएर आएका हुन् । नेपालका विभिन्न सुनौंली नाका, विरगन्ज, जोगबनीबाट नेपालीहरु भोट हाल्नैको लागि ठूलो संख्यामा आईरहेको स्थानीय सरकारी अधिकारीहरुले जनाएका छन् । आईतबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको लागि मतदान समय तोकिएको छ ।

पहिलो चरणको निर्वाचनमा समय अभावका बावजुद पनि निकै चुस्त, दुरुस्त र सुव्यवस्था निर्वाचन आयोगले प्रवन्ध गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।