मदिरा बिक्रीवितरणमा निषेध

हेटौँडा, २९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा गरी दुई सय ९५ मतदान केन्द्र र वरिपरि एकीकृत रुपमा कडा सुरक्षाको टोली तैनाथ गरिएको छ ।

जिल्लाका ती मतदान केन्द्रमा क्रमशः एकीकृत रुपमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र म्यादी प्रहरीको छुट्टाछुट्टै टोली तयार पारी मतदान केन्द्रलगायत वरिपरि १ किमीसम्म सुरक्षाको कडा व्यवस्था गरी मतदानका लागि शान्तिपूर्ण वातावरण बनाउने काम भइसकेको प्रजिअ नारायणप्रसाद शर्मा दुवाडीले बताउनुभयो ।

उपमहानगरपालिकालगायत थाहा नगरपालिका र विभिन्न गाउँपालिकामा वैशाख ३१ गते हुने निर्वाचनको दिनमा सुरक्षाको मोबाइल टोली छुट्टाछुट्टै खटाइने छ । यसैगरी वैशाख २९ गते बेलुकादेखि मतदान केन्द्र र वरिपरि क्षेत्रमा मदिरा बिक्रीवितरण र सेवन गर्न निषेध गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।