मतगणना सहज बनाउन कुलमानले चाले यस्तो कदम…

काठमाडौँ, २ जेठ । स्थानीय तहको निर्वाचनको मत गणना भइरहेका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले विशेष सजगता अपनाएको छ ।

दिउँसोको समयमा केही स्थानमा हावाहुरीका कारण समस्या आएको तथा केही स्थानमा प्रसारण लाइन ट्रिप भएको गुनासो बढेपछि प्राधिकरणले सजकता अपनाएको हो ।

धादिङ, चितवन, नुवाकोटलगायत जिल्लामा हावाहुरीले विद्युत् आपूर्तिमा सामान्य समस्या देखिएको बताइएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले समस्या आएको खण्डमा वैकल्पिक उपाय अपनाएर भए पनि विद्युत् आपूर्ति नियमित गराउन आफूहरु दिनरात लागिपरेको बताउनुभयो ।

“राष्ट्रिय महत्वको स्थानीय तहको निर्वाचनको मतगणना प्रभावित नहोस् भनेर हामीले विशेष ध्यान दिएका छौँ”, प्रवक्ता अधिकारीले भन्नुभयो । कुनै पनि समस्या आए तत्काल प्राधिकरणको स्थानीय वितरण केन्द्रमा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।

प्राधिकरणले मतगणना भइरहेका ३४ जिल्लामध्ये केन्द्रीय प्रसारण लाइन पुगेका जिल्लामा चौबीसै घन्टा विशेष टोली परिचालन गरिएको जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।