कस्तो अचम्म ! आत्मा जागेपछि १३ दिन पछी लास झिकी जलाईयो !

झापा, देख्दा अचम्म, सुन्दा चकित, अक्ल्पनीय यदा कताँ सुनेको कुरा, एका देशको कथा सरी फिल्ममा हेरेको धटनाहरु समाजमा हुदा कस्को मन जिरिङ नहोला । सिरियल र फिल्ममा देखेको आत्मा अझ भन्ने हो भने नागिन फिल्ममा नागिनीले सताए जस्तै भएको छ मोरङको पथरीशनिश्चरे १ मा समाजनै आतङकित भएको छ ।

मोरङको पथरीशनिश्चरे १ फुलबारी चौककी एक १४ बर्षिया किसोरीले आत्म हत्या गरेको १३ दिन पछी उनको शव उत्खन्न गरी जलाईएको छ ।

पञ्चायत मा.बि.मा कक्षा ७ मा अध्यानरत सन्तोषी लिम्बुको घरमा आमासँग सामान्य बिबाद भएको र त्यस पछि आत्महत्या गरेकी थिइन । बैशाख २१ गते बिहीबार उनी आफ्नै घरमामा डोरीको पासो लगाई आत्महत्या गरेकी थिईन ।

क्रिश्चियन समुदायकी लिम्बुको मृत्यू पछि पोष्टमाटम गरि शव गाडिएको थियो । क्रिश्चियन सस्कार अनुरसार दाससस्कार गरेपनि उनी कृष्यन नभएकाले त्यस्तो भएको हुनसक्ने छिमेकीको बुजाई छ । उनको अत्माले अन्य साथीको शरिरमा आएर काम्ने कराउने र सन्तोषी लिम्बुकै ब्यवहार देखिन थाल्यो ।

लिम्बुको शव गाडेको केही दिनमै पथरीशनिश्चरे १ सुकुम्बारीकी संगिता अधिकारीमा यस्तो लक्ष्ण देखिएको थियो । उनलाई धामी झाक्री गरी निको हुन नपाउदै २५ गते सोमबार उनकै साथिको बहिनी पथरीशनिश्चरे १ हनुमान चोककी भुमिका लिम्बुको शरिरमा सन्तोषीको आत्माले चलखेल गरेपछी फुकफाक र धामी झाक्री गरी केही सहज पारीएको थियो ।

तर आत्माले अर्की उनकै साथी कक्षा ८ मा अध्ययनरत बर्षा तामाङको शरिरमा प्रबेश गरेर धेरै दुःख दिने गरेको छ । बैशाख २८ गते देखि नै उनलाई पनि साह्रो पार्ने गरेको उनको अभिभावक बताउछन । तामाङ अहिले काम्ने बर्रबराउने र चिनेको मान्छे आउँदा तामाङको शरिरबाट लिम्बुको आत्मा बोल्ने गरेको छ ।

भुमिकाले आखा पल्टाउने, हप्काउने र धामिले भुमिकाको शरीरबाट लिम्बुको आत्मा धपाउन खोज्दा म जान्न, यो धामी हटाओ, मलाई नमार, पख म तलाई नलिई जाँदै जान्न भन्दै आखाँ पल्टाउने धामीलाई झम्टीने गर्थीन । तामाङको शरिरबाट लिम्बुले जे जे भनो त्यो कुरा खोज्दै जादा साचो हुने गरेको प्रत्यक्षदर्सि बताउँछन । उक्त आत्माले बारम्बार राज लोहारको नाम बरबराउने गरेको र सुकुम्बासिकै राज लोहारलाई पनि औठन हुनेगरेको छिमेकी बताउछन ।

राजको आमालाई देख्ने बितिकै उनमा अनौठो प्रबिती देखिन्छ भने लिम्बुकी आमालाई देख्ने बितिकै म मरे भनेकी होलिस म मरेको छुईन भन्थीन । मरेकी छोरीको आत्मा भुमिकाको शरिरमा आए पछि आमा छोरी धेरै बेर बादबिबाद गरेकी थिइन । छोरीले आमालाई माया गर्ने भा एक हजारको ब्याग र चप्पलमात्र दिनुहुन्थियो भन्दै कराएकी थिइन ।

चिन्ता बस्दा धामीले उत्त शव झिकी जलाउनु पर्छ भनेकाले १३ दिन पछी जेष्ठ २ गते उनको शव झिकी लिम्बू सस्कार अनुसार जल्लाइएको छ । उत्त शव झिकी जलाउने क्रममा तामाङको शरिरबाट “मलाई नमार, मलाई झिक, मलाई मार्न खोज्दै छ तिमेर्ले किन धामी बोलाइस भन्दै” रुने चिच्याउने गरेकी थिईन ।

उनीहरुको शरिरबाट लिम्बू मुन्धुम अनुसार चिन्ता बसि हटाईएको छ । उक्त घरमा चिन्ताबसेको र बिरामी हेर्नेको घुईचो लागेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖