आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्दै आन्तरिक तयारीमा जुटे वामदेव गौतम !, प्रचण्डसँग गरे यस्तो आग्रह

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएर काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम भने माओवादी केन्द्रको समर्थनमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्दै आन्तरिक तयारीमा जुटेका छन् ।

उपाध्यक्ष गौतमले आजमात्रै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग यसबारेमा छलफल गरेका थिए । स्रोतका अनुसा अध्यक्ष ओलीले प्रचण्डलाई मनाए पार्टीले प्रधानमन्त्री बनाउन पूर्ण रुपमा सहयोग र समर्थन गर्ने उपाध्यक्ष गौतमलाई वचन दिएका थिए ।

यता गौतमलेपनि यसको लागि माओवादी केन्द्रका शीर्ष नेताहरुसँग एमाले–माओवादी केन्द्रको नयाँ गठबन्धन बनाउनको लागि गोप्य रुपमा भेटवार्तालाई तिव्रता दिईरहेका छन् ।

तर प्रधानमन्त्री दाहाल भने काँग्रेससँगको भद्र सहमति तोड्ने पक्षमा छैनन् । उनले जुनसुकै हालतमा पनि काँग्रेस सभापति शेरबहादुर देउवालाई धोका नदिने वचन दिएका छन् । नेपालको गठबन्धन सरकारको ईतिहाँसमा अहिलेसम्म सत्ता हस्तान्तरण गर्ने विषयमा भद्र सहमति कार्यान्यवन भएको छैन। तर यसपटक भने सहमति कार्यान्वयन हुनेमा काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु पूर्ण रुपमा विश्वस्त छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।