विद्यार्थीहरु लिएर जाँदै गरेको एक स्कुल भ्यानमाथि एक्कासी बिजुलीको पोल ढल्यो, डरलाग्दो दुर्घटनाबाट यसरी बचे विद्यार्थी (भिडियो सहित)

हामीहरु धेरैले हेका राखेकै हुदैनौँ कि राजधानीका विद्युतका पोलहरु कस्ता छन् र नागरिकका लागि कति सुरक्षित छन् भनेर । तर बारबार यस्तो देखिन्छ कि ती पोलहरु नागरिकको दशा बनेर बसिरहेका छन् ।

शुक्रवार मात्रै विजुलीको पोल भाँचिएपछि झण्डै एक विद्यालयका विद्यार्थीहरुले ज्यान नै गुमाउनु परेन । कमजोर संरचनाका विजुलीका पोल र पुराना पोलहरुले दुर्घटना निम्त्याउन थालेपछि विद्युत प्राधिकरणको लापरवाही उदाङ्गिएको छ । यो दृष्य राजधानीको वालुवाटार नजिकैको हो । शुक्रबार विहान सामाखुसीवाट विद्यार्थी लिएर जाँदै गरेको एक स्कुल भ्यानलाई एक्कासि विजुलीको पोलले किच्यो । तर भाग्यबस विद्यार्थीहरुलाई भने केहि भएन । घटना घटे लगतै वरिपरिका स्थानीय निकै त्रसित बने ।

लामो समयदेखि धरापमा रहेको यो विजुलीको पोलले दुर्घटना गराउला भन्ने आंकलन कसैले गरेका थिएनन् । तर शुक्रबारको यो घटनाले राजधानीका विजुलीका पोलहरुको चरम असुरक्षालाई प्रष्ट पारिदिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।