यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २७ घाइते

कलैया, ६ जेठ । जितपुर–सिमरा उपमहानगरपालिका–१ मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सिमराका अनुसार काठमाडौँबाट जनकपुरतर्फ गईरहेको ना ७ ख १६१४ नं को रात्रिबस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा परी महोत्तरी रौतली–६ का ४५ वर्षीय बल्ला यादव र धनुषा तारयती सीसीवाका ३२ वर्षीया किरणदेवी साह रहेको प्रहरीेले जनाएको छ ।

अन्य घाइतेको सिमरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।