मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु : सप्तरी इलाका प्रशासन कार्यालय अगाडि कुकर बम विष्फोट

राजविराज, ६ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको इलाका प्रहरी कार्यालय मोहुलीमा कार्यरत सप्तरीकै कृष्ण सबरण गाउँपालिका– ३ का २६ वर्षीय मीननारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको चौधरी सवार ना ३३ प ४१२२ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई मोहली पुलमा ठोकिँएको थियो । त्यस्तै मोटरसाइकल पछाडी सवार प्रहरीचौकी पकरीमा कार्यरत सप्तरी कृष्ण सबरण गाउँपालिका– १ बस्ने २३ वर्षीय म्यादी प्रहरी रगुनन्दन चौधरीसमेत गम्भीर घाइते भएका छन् ।

घाइते उहाँको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कर्यालय मोहुलीले जनाएको छ ।

सप्तरीमा बम विस्फोट

त्यसैगरी सप्तरीको बोडेबसाइनस्थित इलाका प्रशासन कार्यालय अगाडि गएराति कुकर बम विष्फोट भएको छ ।

सो विस्फोट पहिलो तल्लामा सञ्चालित कार्यालयको झ्यालको सिसा सामान्य फुटेको र ढोका तथा बालमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको बोधेबरसाइन् नगरपालिका– १ स्थित एक व्यक्तिको घर भाडामा लिएर सञ्चालन गरिएको सो प्रशासन कार्यालयलाई लक्षित गरी बम विस्फोट भएको स्थानीयवासीले बताएका छन् ।
त्यस्तै प्रशासन कार्यालय अगाडि रहेको रोहित साहको दुई तले घरमा समेत सामान्य क्षति पुगेको बताइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।