साउदीबाट स्वदेश फर्केका ३२ वर्षीय रुपक काठमाण्डौं विमानस्थलबाट बाहिरिन नपाउँदै प्रहरीको फन्दामा

काठमाडौं : अर्घाखाँचीका ३२ वर्षीय रुपक राई गत सोमबार साउदी अरेबियाबाट स्वदेश फर्किँदै थिए। एक वर्षदेखि देश छोडेका उनलाई परिवारसँग कहिले भेट होला भन्ने व्यग्र प्रतीक्षा थियो।

उनी नेपालका लागि जहाज चढे। दु:खसुख एक वर्ष बिताएको तातो मरुभूमि छाडेर जब उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए। उनीमाथि नसोचेको घटना भइदियो।

जब उनी लगेज गुडाउँदै बाहिरिने थिए, त्यही बेला उनी प्रहरीको फन्दामा परे। विमानस्थलको भन्सार कार्यालयले ‘५० ग्राम काँचो सुन ल्याएको’ भन्दै उनलाई पक्राउ गर्यो।

परिवारसँगको कतिखेर भेटूँला भनेर सोचिरहेका राईमाथि एकाएक बज्रपात पर्यो। यसबारे त उनले कल्पानसम्म गरेका थिएनन्। कसोकसो उनले काठमाडौंमै रहेका आफ्नो सालालाई पक्राउ परेको जानकारी दिन भ्याए।

उनले सुन त ल्याएका थिए तर आफ्नो थिएन। साउदीमा चिनेकै साथीले अर्को साथीको सुन नेपाल लगेर आफन्तलाई दिनु भन्दै उनको हातमा थमाएका थिए। जबकि काँचो सुन स्वदेश लग्न पाइदैन भन्ने समेत थाहा रहेनछ राईलाई।

एक महिनाको छुट्टीमा नेपाल आएका रुपक विमानस्थलबाट बाहिरिन नपाउँदै थुनामा बस्नुपर्योभ। भन्सार कार्यालयको थुनामा भिनाजुलाई भेट्न भएका सालाले भने, ‘जति सुन ल्याएको हो त्यति रुपैयाँ बराबरको धरौटी बुझाए मात्र छाड्ने नियम रहेछ। अब त्यत्रो रकम कहाँबाट ल्याउनु?’ सुन लिन आउने मान्छेको अत्तोपतो नभएको उनी बताउँछन्। बल्लतल्त उनी चार दिनपछि मुक्त भए।

रुपक राई मात्र होइन यो साता भन्सार कार्यालयले विदेशबाट आएका ३५ जनालाई भन्सार छलेर सुन भित्र्याएको भन्दै पक्राउ परेको छ। भन्सारले ती सबैबाट ५० ग्रामदेखि १ सय ग्रामसम्म काँचो सुन बरामद गरिएको कार्यालयका उपनिर्देशक टंकनाथ पौडेलले पहिलोपोस्टलाई जानकारी दिए।

यसरी पक्राउ पर्ने कतिपयलाई आफू भन्सार छलेर सुन लग्दैछु भन्ने ज्ञान समेत छैन।
सरकारले गत साउन १ गतेदेखि विमानस्थलबाट काँचो सुन ल्याउन प्रतिबन्ध लगाएपछि सुन तस्करीले वैदेशीक रोजगारीमा गएका युवाहरुलाई मोहरा बनाउँदै आएका छन्।

साउनदेखि अहिलेसम्म यसरी सुन ल्याउने १ सय जनालाई भन्सारले निन्त्रणमा लिई कारबाही गरिसकेको छ। ‘नियन्त्रणमा लिइएका कतिले अरुको नै सुन बोकेर आएको समेत देखिएन्छ,’ भन्सार कार्यलयका उपनिर्देशक पौडेल भन्छन्, ‘हामीले यस्तो जानकारी पाएपछि एयरपोर्टबाहिर सुन लिन आउने अर्को व्यक्तिको निगरानी गर्न प्रहरीलाई समेत खबर गर्ने गरेका छौं।’

तस्करीवालाले वैदेशिक रोजगारमा भएका सोझासाझा तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर सुन तस्करीमा प्रयोग गर्ने गरेका छन्। पक्राउ परेकाहरुले दिएको बयानअनुसार कतिले विदेशमा केही पैसा र टिकट समेत कटाएर सुन बोकाएर पठाउने गरेको पाइएको छ। विदेशबाट फर्किनेहरु विमानस्थलको अध्यागमनबाट आँखा छलेर छिर्नेबित्तिकै कतिपय कारोबारी बाहिरपट्टि सुन लिन बसिरहेका हुन्छन्।

यसरी विदेशबाट भन्सार नतिरी सुन ल्याउँदा ५० ग्राम सुनमा २५ हजारसम्म नाफा हुन्छ। सरकारले साउन १ गतेभन्दा अगाडि ५० ग्रामसम्म सुन ल्याउन दिने गरेको थियो। सो समयमा दैनिक ५ देखि ८ किलोसम्म सुन बिना भन्सार नेपाल भित्रिने गरेको थियो।

विदेशबाट सुन आउने क्रम बढेपछि अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै सरकारले प्रतिबन्ध लगाएको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।