पाँचथरमा माओवादी केन्द्रले जिते चक्रपथ र आकासेपुल बन्ने, चुनावमा बालबालिकाको प्रयोग तिब्र
नेकपा माओवादी केन्द्रका फिदिम नगरपालिकाका उम्मेद्धार हरुले आफ्नो घोषणा पत्र सार्बजनिक गरेका छन् । फिदिममा चक्रपथको परिकल्पना देखी आकासेपुल समेतको महत्वकाक्षी योजना समेटिएको घोषणा पत्र आज पार्टीले सार्बजनिक गरेको हो ।

घोषणा पत्रबाट सडक, विद्युत तथा पुल, शिक्षा, पर्यटन कृषि, स्वास्थ्य, खानेपानी, खेल, कला संस्कृती मठ र मन्दिर लगायतका भागमा विभाजन गरि भिन्न भिन्न क्षेत्रमा माओवादीले जिते कसरी विकास गर्छ भनेर प्रष्ट्याइएको छ ।

जेष्ठ नागरिक लाई नगरपालिकाको आन्तरिक श्रोतबाट अतिरिक्त भत्ता उपलब्ध गराउने, स्थानिय सञ्चार माध्यमको ब्यावस्थापनमा जोड दिने, एक घर एक रोजगारी, हरित फिदिम नगर, हरेक वडामा एम्बुलेन्स, सुकेपोखरी क्षेत्रमा चिडियाखान बनाउने तथा फिदिम नगरपालिकाको महाभिरमा रक क्लाइम्बिङ सञ्चालन गर्ने लगायतका प्रतिवद्धता माओवादी केन्द्रका उम्मेद्धारहरुले जनाएका छन् ।
पार्टी कार्यालयमा आयोजित घोषणा पत्र सार्बजनिक कार्यक्रममा आफुना प्रतिवद्धता जाहेर गर्दै पार्टीका तर्फबाट फिदिम नगरपालिकाका उम्मेद्धार राधा कृष्ण न्यौपानेले आफुहरुलाई जिताउन आग्रह गरेका छन् ।
नेकपा माओवादी केन्द्रले फिदिम नगरपालिकाको प्रमुखमा राधा कृष्ण न्यौपाने, उप प्रमुखमा रमुना लकान्द्री (नेम्वाङ) लाई तय गरेको छ भने वार्ड नं. १ को अध्यक्षमा सागर नेम्वाङ, २ मा लिला ढुङगाना, ३ मा गोपाल राई, ४ मा होम श्रेष्ठ, ५ मा मोहन सिं तुम्रोक, ६ मा राजकुमार राई, ७ मा शन्त बहादुर राई, ८ मा पासाङ तामाङ, ९ मा तिलमान सम्बाहाम्फे, १० मा मणि कुमार थाम्सुहाङ, ११ मा याम कुमार आङबो, १२ मा प्रेम नारायण आचार्य, १३ मा टिका प्रसाद नेम्वाङ र वार्ड नं. १४ मा देउ कुमार राईलाई वडा अध्यक्षको उम्मेद्धार तय गरेको छ ।


