नेकपा एमालेको ऐतिहासिक सफलता : कम्तीमा ३ महानगरसहित १ सय २० बढी स्थानमा जित्ने निश्चित

काठमाण्डौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । अहिलेसम्म ४१ नगरपालिका र ७२ गाउँपालिकासहित ११३ स्थानीय तहमा एमालेले विजय हासिल गरेको छ ।

घोषित मत परिणामअनुसार निर्वाचन भएका ५० जिल्लाका सदरमुकाम तथा प्रमुख शहरी क्षेत्रका नगरपालिकामा विजय हासिल गर्नुका साथै एमालेले विगतको विजयलाई निरन्तरता दिंदै अग्रता कायम गरेको छ ।

मतगणना भइरहेका चार महानगरपालिकामध्ये तीन महानगरपालिका काठमाडौं, भरतपुर र पोखरा–लेखनाथमा एमालेको अग्रता कायमै छ भने ललितपुर महानगरमा पनि नेपाली काँग्रेसका उम्मेदवारसँग एमालेले मतान्तर कम गर्दै अगाडि बढिरहेको कारण पनि एमालेले मुलुकका कम्तीमा तीन महानगरपालिकासहित एक सय २० स्थानमा जित्ने आँकलन गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।