स्नातकोत्तर क्याम्पस विराटनगरका १३ जना आंसीक प्राध्यापकद्वारा ‘पेन डाउन’

विराटनगर, ८ जेठ । स्नातकोत्तर क्याम्पस विराटनगरमा विभिन्न विषयमा अध्यापनरत १३ जना आंसीक प्राध्यापकहरुले आज देखि पेन डाउन गरेका छन् ।

त्रिवि केन्द्रीय क्याम्पसलगायत देशभरीकै सम्पूर्ण आंगीक क्याम्पसहरुमा आंसीक शिक्षकको रुपमा रहेका प्राध्यापकहरुले मासीक ज्यालादारीमा नियुक्ति पाउनु पर्ने माग राखी एकसाथ पेन डाउन गरिएको हो ।

दैनिक ज्यालादारीमा स्नातक तथा स्नातकोत्तरका कक्षाहरु पढाउँदा प्रध्यापकहरुको वृत्ती विकास हून नसक्ने साथै नैरास्यता उत्पन्न हूने स्नातकोत्तर क्याम्पस आंसीक पा्रध्यापक संघका अध्यक्ष रामचन्द्र कोइरालाले वताउनुभयो ।

त्रि.विले ८ वर्ष पछि सेवा आयोग खूलायो, करारलाई स्थायी वनायो तर दसौं वर्ष देखि आंसीक पा्रध्यापकको हीतमा कूनै सुनुवाई नभएको तथा न्यूनतम दैनिकज्यालादारीमा पढाउनू पर्ने र त्यसमापनि १५ प्रतिशत कर काटीने भएको हूनाले आन्दोलन गर्न वाध्य भएको संघका सचिव दानकूमार ढकाल वताउनुभयो ।

त्रिविले स्थायी नियूक्ति गरेका प्राध्यापकहरुलाई घर पायक दिने निति तथा सरुवा गराउन पनि समस्या भएकोले आंसीक पा्रध्यापक विना क्याम्पस सञ्चाल नगर्न सम्भव छैन ।

मासिक ज्यालादारीमा लैजाने सन्दर्भमा पटक –पटक सहमती भएता पनी विभिद कारणवश गर्न नसकीएको तर आंसीक पा्रध्यापकहरुको माग जायज रहेको स्नातकोत्तर क्याम्पस विराटनगरका क्याम्पस प्रमुख डा.मनोज कूमार राउतले वताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।