१६/१७ वर्षका ३ जना केटीसहित यौन धन्दा संञ्चालक प्रक्राउ

नवलपरासीको गैंडाकोटस्थित थुम्सीमामा आफ्नै घरमा किशोरिहरु राखेर स्थायी रुपमा यौन धन्दा सञ्चालन गरेको तथ्य फेला परेको छ ।

देहव्यापारमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेपछि यस्तो तथ्य फेला परेको हो । । गैंडाकोट नगरपालिकाको वडा नम्बर–९ थुम्सीमा आफ्नै घरमा किशोरीहरु राखेर स्थायी रुपमा देहव्यापार गराउँदै आएका सोमबहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।

देहव्यापारमा संलग्न १६ – १७ वर्ष उमेर समूहका तीन जना केटीसहित गुरुङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।गुरुङले बर्षैँदेखि नै देहव्यापार गराउँदै आएको स्विकारेको प्रहरीले जनाएको छ । गुरुङले यसअघि पनि नारायणगढको पोखरा बसपार्कमा देहव्यापार गराउँदै आएको अनुसन्धानबाट खुलेको छ ।पोखरा बसपार्कलाई देहव्यापार गराउने प्रमुख स्थानका रुपमा चिनिन्छ । गुरुङ्गले देहव्यापारबाट नै गैंडाकोट–९ थुम्सीमा घरसमेत बनाएको जनाइएको छ ।

एक दिनमा कम्तीमा ७ जनासम्म स्थायी ग्राहक आउने गरेको गुरुङले बताएको प्रहरीको भनाई छ । देहव्यापारमा संलग्नहरुलाई आवश्यक कारवाही अगाडी बढाइएको गैंडाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिएका छन् ।

गुरुङको सुविधायुक्त घरमा सिसा लगाइएको र भित्रबाट बाहिरको वातावरण तथा गतिविधि नियाल्न सकिने र प्रहरीको सक्रियताबारे सजग भइ बच्न सकिने गरी घर बनाइएको प्रहरीले जनाएको छ ।चितवन र नवलपरासीमा यौन व्यवसाय गर्ने गिरोहहरु थुप्रै रहेको र आफ्नो निजी घरमासोत यस प्रकारका धन्दाहरु सञ्चालन हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले विभिन्न होटल तथा लजहरुबाट एक महिनाको अवधिमा सयौँ यौन जोडीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही गरिसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।