प्रधानमन्त्री ‘प्रचण्ड’ले आजै राजिनामा दिने, अन्तिम मन्त्रिपरिषद्को बैठक पछी खिचाए सामुहिक फोटो
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राजीनामा दिने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अहिले केहीबेरमा दाहालले संसदलाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नेछन्। दाहालले सम्भवतः आजै साँझ उनले राष्ट्रपतिलाई भेटेर राजीनामा पत्र बुझाउने छन्। दाहाल अहिले संसद भवन पुगिसकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा राजीनामा घोषणा गर्नुअघि आज बालुवाटारमा मन्त्रिपरिषद्को अन्तिम बैठक बसेको थियो । बैठकपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्का सदस्य र मुख्य सचिवसँग सामुहिक तस्बिर खिचाएका छन्। प्रायः अन्तिम मन्त्रिपरिषद् बैठकपछि सामुहिक तस्बिर खिच्ने चलन छ।
प्रधानमन्त्री दाहालले संसदलाई सम्बोधन गर्न अहिले संसद भवन पुगिसकेका छन्। सम्बोधनमार्फत् उनले राजीनामा दिने र आजै साँझ राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाउने सम्भावना रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।


