दाङमा गस्तीमा रहेको सेनामाथि गोली चल्यो, सैनिक जवान घाइते

तुल्सीपुर, १५ जेठ– निर्वाचन सुरक्षाका लागि गस्तीमा खटिएको नेपाली सेनाको टोलीमाथि दाङमा गोली प्रहार भएको छ ।

गोली कसले प्रहार गरेको भन्ने अहिलेसम्म खुलेको छैन । निर्वाचनको सुरक्षाका लागि हतियारसहित गस्तीमा गएको टोलीमा दाङको राजपुरमा गोली चलेको हो ।

गोली लागेर गस्तीमा रहेका एक एक सैनिक जवान घाइते भएका छन् । गोली लागेर रिपुमर्दन गण घोराहीमा कार्यरत सैनिक जवान किशन थापा घाइते भएका हुन् ।

घाइते थापाको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

गोली कसले चलाएको हो भन्ने विषयमा छानविन भइरहेको रिपुमर्दन गणका गणपति राजन खडकाले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।