रहेनन् अब दुई भोजपुरे पाइलट
३ दिनको अन्तरमा २ भोजपुरे बिमान चालकले बिमान दुर्घटनामा ज्यान गुमाएका छन् । गएको जेष्ठ १३ गते काठमाडौंबाट सोलुखुम्बुको लुक्काका लागि उडेको गोमा एयरको बिमान दुर्घटना हुदा भोजपुर साङपाङ घर भएका क्याप्टेन पारस राईको मृत्यु भएको थियो ।

हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका चपली निवासी राईका श्रीमती, एक छोरी र एक छोरा छन् । ठूली छोरी पाँच कक्षामा पढ्छिन् भने छोरा कक्षा एकमा पढ्दै छन् । सन् १९६९ जनवरीमा भोजपुरमा जन्मिएका राईले एसएलसी पनि भोजपुरबाटै गरेका थिए ।
त्यस्तै आज सुर्खेतबाट सेनाका लागि सामान लिएर हुम्लाको सिमिकोट उडेको नेपालि सेनाको स्काई ट्रक बिमान बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना भएको छ । दुर्घटनामा बिमान चालक कैलाश गुरुङको मृत्यु भएको छ । चालक कैलाश गुरुङ पनि भोजपुरे बिमान चालक हुन् उनको बोज्पुर्को छिनामखुमा घर रहेको छ ।


