जोगवनीबाट विराटनगर तर्फ आउँदै गरेको गाडी पल्टियो, १७ जना घाइते

रङ्गेली, जोगवनीबाट विराटनगर तर्फ आउँदै गरेको ना. १ ख ७५६ नम्बरको गाडी विराटनगरको एम.एम. प्लाष्टिक उद्योग अगाडी सोमबार पल्टिदा १७ जना यात्रु घाइते भएका छन् ।

घाइते भएका मध्धे १० जना गोल्डेन र ७ जना कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख मदन गिरीले जानकारी दिए ।

घाइते मध्धे एकको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । घाइते भएका यात्रुको नाम आउने बाँकी रहेको प्रहरीले जनाएको छ ।ट्राफिक प्रमुख गिरीले भने, ‘विराटनगरबाट जोगवनी तर्फ जाँदै गरेको सिटी सफारीलाई जोगाउन खोज्दा गाडी पल्टिएको देखिन्छ । ’

सिटी सफारी र गाडी पूर्ण रुपमा छती भएको छ । गाडीको चालक फरार भएको हुनाले खोजी कार्य जारी रहेको बताइएको छ ।विराटनगर जोगवनी चल्ने अधिकाशं गाडीहरु धेरै पुरानो गाडीहरु चल्ने गरेको छ ।

त्यही भएर पनि दुर्घटन हुने गरेको प्रमुख गिरीले बताए । – ब्लाष्ट खबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।