धादिङमा ट्रकसहित ७० किलो चरेस बरामद
धादिङ, जेठ २३ । धादिङमा एलपी ट्रकसहित प्रहरीले मंगलबार ७० किलो चरेस बरामद गरेको छ ।

जिल्लाको गजुरी हुँदै मुग्लिनतर्फ जाँदै गरेको ना६ख १३७ नम्बरको एलपी ट्रक बेनिघाटमा चेकजाँच गर्नेक्रममा चरेस फेलापरेको हो ।
प्रहरीले ट्रक चालक मकवानपुर, मनहरी गाउँपालिका–६ का कृष्णबहादुर राई र सहचालक मनहरी–६ कै आयुष लामालाई नियन्त्रणमा लिएको जनाइएको छ ।


