अस्वाभाविक रुपले टाउको बढेपछि १० वर्षमा पनि उठ्न सकिनन् पिङ्गला

दमक, झापाको कमल गाउँपालिका ३ स्थित केराधापकी १० वर्षीय एक बालिकाको टाउको अस्वाभाविक रुपले बढेपछि उपचारमा समस्या भएको छ। कमल गाउँपालिका ३ स्थित केराधापकी १० वर्षीय पिङ्गला पौडेलको सानैदेखि टाउको अस्वाभाविक रुपले बढ्दै जाँदा ओछ्यानमै थलिएकी छिन्। आर्थिक अभावले घरपरिवारले उनलाई उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नसक्दा उनको जीवन कष्टकर बनेको छ।

उनी ओछ्यानबाट टाउको ठूलो र भारि भएकै कारण उठ्न त के कोल्टिनसमेत सक्दिनन्। १० वर्षअघि पाँचथरको पञ्चमी ३ डाँडेमा सामान्य अवस्थामा जन्मिएकी पिङ्गलाको चार महिना पुगेपछि टाउँको क्रमश: बढ्दै गएको उनकी आमा बसुन्धरा बताउँछिन्।

उनी भन्छिन्, ‘मेरा ६ जना सन्तान छन्, यो कान्छी छोरी हो, जन्मिँदा त ठीकै थी चार महिनाकी भएपछि आफैं यस्तो भयो, पहिला अलि-अलि टाउको सुनिएको जस्तो भयो पछि त झन् टाउको बढ्दै गयो।’ ३-४ वर्षअघि एकपटक उपचारका लागि धरानस्थित बिपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगे पनि बिरामको अत्तो-पत्तो नलागेको उनले बताइन्। उनले भनिन्, ‘एक पटक घोपा लगेका थियौं, डाक्टरले बाहिर लानुपर्छ भने अन्त लान हामीसँग पैसा छैन, कसरी उपचार गरउनु।’

सहयोगका लागि याचना सहयोग गर्ने सहयोगी हातहरुका लागि उनले (लक्ष्मी पौडेल) को मोबाइल नम्बर ९८१७९७७०९९ मा सम्पर्क गर्न अनुरोध गरेका छन्। सामान्य खेती किसानी गर्ने पौडेल परिवारमा उनलाई उपचार गर्ने सामर्थ्य छैन। उनका दाजु लक्ष्मी पौडेल भन्छन्, ‘सानो ठाउँमा उपचार गरे पनि लाग्दैन, ठूलो ठाउँमा लान हाम्रो हौसिएत छैन।’ खेतीको आम्दानी ठूलो परिवारमा दैनिकी चलाउँदै ठिक्क हुने उनी बताउँछन्। बहिनीको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गरेको उनले बताए। उनले भने,

‘बहिनी ओछ्यानको ओछ्यान हुँदा उसको हेरचाह र स्याहार सुसार गर्न पनि धेरै कठिन छ, हाम्रो उपचार गर्ने पैसा पनि छैन, कसैले सहयोग गरे त बहिनी निको हुन्थी कि।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।