२ कक्षामा अध्ययनरत ९ बर्षिया बालिकाको बिभत्स हत्या गर्ने हत्यारा पक्राउ

दमक । झापाको दमकमा कक्षा २ मा अध्ययनरत बालिकाको बिभत्स हत्या गर्ने अभियुक्त आजै पत्ता लाग्ने इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरी श्रोतका अनुसार नियण्त्रणमा लिइएकी मृतककी दिदिको बयानको आधारमा हत्यारा पक्राउ परिसकेपनि अनुसन्धान पुरा नभएकाले तत्काल सार्वजनिक गर्न नसकिएको हो । हिजो साँझ घरमा नै धारिलो हतियार प्रयोग गरेर दमकमा एक बालिकाको हत्या भएको थियो ।

दमकको वडा नं. २ मा ९ बर्षिया गंगा दाहालको बिभत्स हत्या भएको हो । अनुसन्धानका लागि मृतककी आफ्नै दिदि समेतलाइ प्रहरीले पक्राउ गरेको छ । घरमा त्यो समय दिदि मात्र रहेको जनाइन्छ ।

प्रहरीका अनुसार घटनाको बिषयमा अनुसन्धान गम्भिर रुपमा भइरहेकाले केहि समयमा नै अपराधि पत्ता लाग्ने अवस्था रहेको छ । अहिले पुरै गाँउ नै स्तब्ध बनेको छ । नाबिलाकाको हत्याले आक्रोश समेत उब्जाएको बताइन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖