१ वर्ष अघि हत्या गरेर फरार आरोपी फेसबुक मार्फत पक्राउ
संखुवासभा भाद्र १९ । सामाजिक सञ्जाल फेसबुक मार्फत संखुवासभा प्रहरीले १ वर्ष अघि हत्या गरेर फरार भएका आरोपीलाई पक्राउ गरेको छ ।
भोजपुरको साल्पाशिलिछो गाउँपालिका ४ का १६ वर्षीय सुवास तामाङको हत्या गरेर फरार भएका रामबहादुर राई पोखरामा पक्राउ परेका हुन् ।
उनले २०७३ भदौ ११ गते तामाङलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए । हत्यापछि भागेर भारतको हरियाणीमा केही महिना बसेपछि राई पोखरा पुगेका थिए ।
फेसबुक अर्केको नाममा खोलेर चलाउने गरेको पत्तो पाएपछि उनलाई पक्राउ गरिएको डीएसपी सन्तोष खड्काले बताए ।
राई संखुवासभा मकालु गाउँपालिका ५ आम्राङका हुन् । करिब ६ महिना देखि उनी पोखराको झरना होटलमा काम गर्दे आएका थिए ।
पक्राउ परेको राईलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । उनलाई कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ । – रेडियो संखुवासभाबाट ।


