बलात्कार आरोपमा सीता एयरका क्षेत्रीय प्रबन्धक पक्राउ !, जर्बजस्ती करणी मुद्दामा म्याद थप

काठमाडौं । सिग्नेट होटलमा भएको बलात्कार घटनाको अनुसन्धानका लागि प्रहरीले सीता एयरका क्षेत्रीय प्रबन्धकलाई पक्राउ गरेको छ । नेपालगञ्जस्थित सीता एयरको कार्यालयका प्रमुख मनोज भारतीलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार राति होटलको ३०५ नम्बर कोठामा १९ वर्षीय युवतीको बलात्कार भएकी थिइन् । बलत्कारमा संलग्न निरज गुरुङ होटलबाटै पक्राउ परिसकेका छन् ।

घटनामा गुरुङलाई सघाएको आरोपमा भारतीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र प्रसाद अर्यालले बताए । दुवै जनालाई प्रहरीले जर्बजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरिसकेको छ ।

बलात्कारको क्रममा युवतीमाथि कुटपिट र हत्या प्रयास समेत भएको थियो । युवतीसँग भारतीको पहिलेदेखि नै चिनजान थियो। विगतमा उनी पटक पटक भारतीलाई भेट्न होटल आउने गरेका होटलका कर्मचारीहरुले बताएका छन् ।

गुरुङ र भारत अंग्रेजी नयाँ वर्ष सेलिब्रेसन गर्ने भनेर उक्त होटलमा बसेका थिए। गुरुङलाई युवतीसँग राखेर भारती भने सोही होटलाको अर्को कोठामा बसेका थिए।

बलात्कार गरिसकेपछि कसैलाई खबर गरे हत्या गरिदिने भन्दै गिलास फुटाएर काटिदिने धम्की गुरुङले दिएको युवतीको जाहेरीमा उल्लेख छ।

पछि युवतीले बाथरुममा गएर प्रहरीलाई फोन गरेकी थिइन्। डिएसपी अर्यालले भने, ‘युवतीले फोन गरेपछि बिहान २ बजे होटलमा गएर प्रहरीले युवतीको उद्धार गरेको हो ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।