बनेपा तनावग्रस्त, प्रहरीद्वारा ५ सेल अश्रुग्यास प्रहार

बनेपा । काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि आज प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ ।

धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो । “दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, त्यसलाई खुलाउन अश्रुग्यास प्रहार गरेका हौँ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो ।

आइतबार काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बा३ख ५९५५ नंको यात्रुवाहक बसले बाटो काट्न लागेका अवस्थामा ठक्कर दिएर गम्भीर घाइते भएकी नमोबुद्ध नगरपालिका–१ निवासी ३७ वर्षीया फूलमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा सोमबार मृत्यु भएको थियो ।

प्रहरीले क्षतिपूर्तिका विषयमा कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेको बताएको छ भने स्थानीयवासीले व्यवसायी छलफलका लागि वार्तामा नबसेका कारण दबाबस्वरुप राजमार्ग अवरुद्ध गरेको बताइएको छ । राजमार्ग अवरुद्ध भएपछि केहीबेर अरनिको राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधन सञ्चालन भएका थिएनन् ।

स्थानीयवासी गौरी लामाले दवावस्वरुप प्रदर्शनमा उत्रेका स्थानीयवासीमाथि प्रहरीले दमन गरेको आरोप लगाउँदै वार्ताका लागि तयारी भइरहेको जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।