नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सम्पन्न, जतिसक्दो चाँडो सरकार हस्तान्तरण गर्नेमा एकमत

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । आज सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास वालुवाटारमा बसेको बैठकमा सबै नेताहरु प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो सरकार हस्तान्तरण गर्ने विषयमा एकमत भएका छन् ।

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न राष्ट्रिय सभाको चुनाव गराउनुपर्ने भएको ठहर गर्दै बैठकले माघ २५ गतेसम्ममा राष्ट्रियसभाको चुनाव सम्पन्न गराउने गरी अगाडि बढ्न सरकारलाई सुझाब दिएको छ । उक्त चुनावअघि नै प्रदेश प्रमुख नियुक्ति गर्नुपर्ने भएकाले साझा र राष्ट्रिय व्यक्ति छानेर प्रदेश प्रमुख नियुक्ति गर्न बैठकले प्रधानमन्त्री देउवालाई सुझाब दिएको छ ।

प्रदेश सासंदलाई शपथ खानका लागि प्रदेश प्रमुख अर्थात गभर्नर नियुक्ति अनिवार्य भएको बैठकको निष्कर्ष छ ।

प्रदेश राजधानी तोक्ने विषयमा भने अन्य दलहरुसँग पनि सहमति खोज्नुपर्ने नेताहरुले बताएका छन् । हतारमा अस्थायी राजधानी तोक्दा जनता पनि असन्तुष्ट हुन सक्नेतर्फ बैठकमा छलफल भएको थियो ।

पार्टीले चुनावमा बेहोरेको पराजयको बारेमा समिक्षा गर्न केन्द्रिय समिति र महासमिति बैठक जति सक्दो चाँडो बोलाउने विषयमा सभापति देउवा लगायत सबै शीर्ष नेताहरु सहमत भएका छन् ।

बैठकमा रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरुको उपस्थिती थियो ।
नेताहरुलाई सभापति देउवाले कांग्रेस हार्नुको दोष आफूमाथि मात्रै लगाएकोमा असन्तुष्टी जनाएका थिए । समानुपातिकतर्फ राम्रो भोट आएको भन्दै देउवाले

प्रत्यक्षतर्फ व्यक्तिले हारेको जिम्मा आफूले कसरी लिने भनेर प्रश्नसमेत गरेका थिए । बैठकमा अब सत्ता हस्तान्तरण गरेर कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने धारणा सबैले राखेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।