देउवा, अयोधीप्रसाद यादव र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्ध गुञ्जीए चर्का नारा !, विद्यार्थीमाथि अश्रुग्यास प्रहार, केही विद्यार्थी घाइते

काठमाडौं, १८ पुस । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ । विद्यार्थीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थी घाइते भएका छन् ।

सरकारले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै अनेरास्ववियु आन्दोलित भएको हो । पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै काठमाडौको त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

आक्रोशित विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादव र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्ध चर्का नारा लगाएका छन् ।

अखिलका सचिव आरसी लामिछानेले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्पक्षेप गरेकाले आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिए । सडक कब्जा गरी चर्का नाराबाजी गरिरहेका विद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थी घाइते भएका हुन् । झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं विद्यार्थी नेता कार्यकर्ता घाइते भएको लामिछानेले जानकारी दिए । मूल्य बृद्धि फिर्ता नलिए थप आन्दोलन गर्ने अनेरास्ववियुले चेतावनी दिएको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले गएराति पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको थियोे । निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर एक-एक रुपैयाँ बढाएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

निगमले हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर १०२, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ७९ तथा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँ पुगेको छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीलाई आधार मानेर भाउ बढाइएको निगमले जनाएको छ । भाउ बढाउँदा पनि आफूलाई मासिक २६ करोड ४० लाख रुपैयाँ घाटा हुने निगमले बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।