सामुदायिक वनमा सुरक्षाकर्मी र तस्करबीच गोली हानाहान

जीतपुर, कपिलवस्तु, १८ पुस । वाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति सुरक्षाकर्मी र वन तस्करबीच दोहोरो गोली हानाहान भएको छ ।

वनमा तस्करी भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी र तस्करबीच दोहोरो गाली हानाहान भएको सेक्टर वन कार्यालय पिपराका प्रमुख सुवासचन्द्र दासले जानकारी दिनुभयो ।

लालमटिया सामुदायिक वनका पदाधिकारीले तस्करीबारे सेक्टर वन पिपरालाई जानकारी गराएपछि वनरक्षक, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन उपाभोक्ताको संयुक्त टोली वनमा पुगेको थियो । टोली पुग्नासाथ तस्कर समूहले गोली प्रहार गरेको जनाइएको छ ।

जवाफमा सुरक्षाकर्मीले पनि गोली प्रहार गरेका थिए । सुरक्षाकर्मी र तस्करबीच १० पटकसम्म दोहोरो फायरिङ भएको थियो । त्यसपछि पक्राउ पर्ने डरले तस्करहरू मोटरसाइकल छाडेर भागेको प्रमुख दासले बताउनुभयो । सो क्रममा ३० दशमलव १३ क्युफिट गोलिया काठ र आठवटा मोटरसाइकल बरामद गरेको पनि उहाँले बताउनुभयो ।

घटनास्थलबाट प्रहरीले लु२९प ३९६०, लु२५प ६९८९, लु९प १५१, लु२४प ६७९, लु१२प १२९५, लु२७प ७३९१, लु१४प २३३ र लु२८प ७०८१ नम्बरका मोटरसाइकल बरामद गरेको सेक्टर वन कार्यालय पिपराले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।