दुवै मिर्गौला बिग्रिएर उपचार गराई रहेकी पत्रकारलाई बैंकको सहयोग

दमक, १९ पुस। दुवै मिर्गौला बिग्रिएर उपचार गराई रहनुभएकी झापा, भद्रपुरकी पत्रकार माया पकुवाललाई यहाँको कन्काई विकास बैंकले सहयोग गरेको छ ।

बैंकले आज आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार पकुवालको उपचारका लागि रु १५ हजार एक सहयोग उपलब्ध गराएको हो । सो सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान ब्रजाचार्यले नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गर्नुभयो । उहाँ आफैँले पनि बिरामी पत्रकार पकुवालको उपचारका लागि थप रु पाँच हजार सहयोग गर्नुभएको थियो ।

पन्ध्र वर्षदेखि झापामा रहेर पत्रकारिता गर्दै आउनुभएकी ४६ वर्षीया पकुवालको मिर्गौलामा गत वैशाखदेखि समस्या देखिएको उहाँका श्रीमान् सञ्जय श्रेष्ठले बताउनुभयो । हाल काठमाडौँको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत उहाँ भद्रपुरबाट प्रकाशित हुने बरुण साप्ताहिकको सम्पादक हुनुहुन्छ ।

भक्तपुरमा उपचाररत पकुवालको मिर्गौला प्रत्यारोपणका लागि सहयोग जुटाउन जिल्लाका सहकर्मी पत्रकारले एक अभियान सञ्चालन गर्दै आएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।