अस्थायी राजधानी र प्रदेश प्रमुखतोक्ने विषयमा सहमति जुटेन

काठमाडौं। प्रदेशको अस्याथी राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहमति जुट्न सकेन।

राजनीतिक सहमतिबाटै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने गरी प्रधानमन्त्रीले बिहीबार पाँच प्रमुख राजनीतिक दलको सर्बदलीय बैठक बोलाएका थिए। तर, बैठकमा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख र अस्थायी राजनीतिक तोक्ने काम वर्तमान सरकारले गर्न नमिल्ने तर्क गरेपछि कुनै बैठक सहमतिमा पुग्न नसकेको हो।

राजपाले भने सरकारले आफ्नोतर्फबाट गर्ने काम गर्न सुझाव दिएको थियो। ‘तत्काल गर्नुपर्ने काम सरकारले गर्दा राम्रो हुन्छ भन्ने हाम्रो भनाइ हो,’ राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले डिसी नेपालसँग भने, ‘सबै विषयमा सहमति खोज्ने हो भने विलम्ब हुन सक्छ, तत्काल गर्नुपर्ने काम सरकारले अगाडि बढाउँदा हाम्रो हुन्छ भन्ने हामीले सुझाव दियौं।’

राजपाले सरकारले गर्ने निर्णयमा सहयोग गर्ने आशय देखाएपनि निर्वाचन पछि सबै भन्दा ठूलो दल बनेको नेकपा एमालेले भने प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने काम वर्तमान सरकारको नभएको भन्दै विरोध जनाएकोको थियो। एमाले नेताहरुले सरकारले विभिन्न वहानामा सत्ता लम्ब्याउने काम गरिरहेको भन्दै नयाँ सरकार गठनकालागि सहजीकरण गर्न सुझाव दिएका थिए।

सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी स्वरुप सर्वदलीय बैठक बोलाएको थियो। तर बैठकमा एमाले र माओवादी केन्द्र आफ्नो अडानबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागि थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।