स्थानीय तहमा युवा स्वरोजगार कार्यक्रम ल्याउनुपर्छ, बाहिर पठाएर हुँदैन : एमाले नेता

काठमाडौँ, २० पुस । नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा वाम गठबन्धनको एकतालाई जनताले अनुमोदन गरेको बताउँदै दुई पार्टीबीच एकताका लागि शीर्ष नेतृत्वले गृहकार्य शुरु गरिसकेको जानकारी दिनुभएको छ ।

राष्ट्रिय व्यापार संघले बुधबार यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित श्रेष्ठले अनौपचारिक रुपमा दुवै दलका नेताले उच्चस्तरीय छलफल गरिरहेको बताउँदै देशमा वाम शक्तिलाई विभाजन गर्न विभिन्न शक्तिले प्रयत्न गरेको भए पनि त्यो सफल हुँदैन भन्नुभयो ।

देशमा स्वदेशी उत्पादनको वृद्धि गरी आयातमुखी व्यवसायलाई निरुत्साहन गर्नुपर्नेमा जोड दिँदै उहाँले स्वदेशमा औद्योगिक व्यवसाय सञ्चालन गर्न सरकारले उद्यमीलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित जीवनराम श्रेष्ठले मुलुकमा रोजगारी वृद्धि गर्न सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय तहमा युवा स्वरोजगार, हस्तकला, उद्यमशीलता तथा घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न सकेमा मात्र देशभित्र अर्थतन्त्र चलायमान हुने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय व्यापार संघका अध्यक्ष युवराज न्यौपानेले नयाँ सडक तथा त्यस वरपर क्षेत्रका व्यवसायीले सरकारलाई १० प्रतिशत राजस्व तथा महानगरपालिकालाई व्यवसाय कर र स्थानीय कर गरी १२ प्रतिशत कर बुझाउनपर्ने हुँदा आफूहरु दोहोरो मारमा परेको गुनासो गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।