भीम रावलको प्रश्न,- देउवाजी ! किन दिनहुँ गृहमन्त्रालयबाट करोडौं बाँडेर प्रणालीलाई बदनाम गर्नुहुन्छ ?

काठमाडौं, २० पुस । एमालेले राष्ट्रियसभा निर्वाचन प्रक्रियालाई लम्याएर प्रणाली नबिगार्न सरकारको ध्यानाकर्षण गराएको छ । अध्यादेश जारी भएपछि तत्काल राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने वताएको सरकारले एक सातासम्म चुनाव मिति नतोकेको र प्रक्रिया लामो बनाएको भन्दै आपत्ती जनाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार बोलाएको सर्वदलीय बैठकमा एमालेका नेताहरुले राष्ट्रियसभा निर्वाचनलाई आम निर्वाचन जस्तै प्रक्रिया लम्याउने खेल त्याग्न प्रधानमन्त्री देउवालाई सुझाव दिए । ‘अध्यादेश जारी भएपछि तत्काल राष्ट्रियसभाको चुनावी प्रक्रिया सुरु गरेर छोड्छु भन्नु भएको थियो, यत्रो समय वितिसक्यो राष्ट्रियसभा चुनावको मिति किन नतोकेको ?’ बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भने, ‘राष्ट्रियसभाको चुनाव १५–२० दिनमा सक्ने अभ्यास विपरित किन आमनिर्वाचन जस्तै गरी प्रक्रिया लम्याएर जनादेशको अपमान गर्दै हुनुहुन्छ ?’ एमाले नेताहरुले निर्वाचन आयोगलाई प्रतिनिधिसभाको नतिजा सार्वजनिक गर्नबाट सरकारले रोकेकोमा पनि आपत्ती जनाए ।

जनमत गुमाएको सरकारले दिनहुँ आर्थिक अनियमितता गरिरहेको र दीर्घकालीन महत्वका निर्णयहरु गरेकोमा एमालेको आपत्ती थियो । ‘नयाँ जनादेश आएको थाहा पाउनु भएको छैन ? किन दिनहुँ गृहमन्त्रालयबाट करोडौं बाँडेर प्रणालीलाई बदनाम गर्नुहुन्छ ?’ रावलले भने, ‘लोकतान्त्रिक प्रणालीको सम्मान गर्ने आचरण प्रदर्शन गर्नुस् ।’

प्रदेश प्रमुखको नियुक्तिका विषयमा भने सरकारलाई सल्लाह दिनु उचित नभएको एमालेले वताएको छ । ‘समय छंदा हामीले दिएको सल्लाह मान्नु भएन, अहिले त्यस विषयमा हामी केहि भन्न सक्दैनौं’ रावलले भने ।

देउवाले बोलाएको ५ दलको बैठकमा एमालेका उपाध्यक्ष भीम रावल, नेता सुवास नेम्वाङ विष्णु पौडेल लगायतका नेताहरु सहभागि थिए भने माओवादीका अध्यक्ष प्रचण्ड, नेता रामबहादुर थापा बादल, संघीइ समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर लगायत सहभागि थिए । – चक्रपथबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।