ब्रेकिङ् न्यूज : रुपन्देहीमा गोली चल्यो, बलु घाइते
रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा गोली चलेको छ । गोली लागेर स्थानीय बलु पौडेल घाइते भएका छन् ।

फाईल फोटो
पौडेलको छाती र टाउकोमा गोली लागेको छ । उनलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पताल ल्याइँदै छ ।
मोटरसाइकलमा आएको व्यक्तिले गोली हानेर रोहिनी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली हान्नेहरुको पहिचान खुलेको छैन ।
प्रहरीले गोली हान्नेहरुको खोजी जारी राखेको जनाएको छ । – ईमान्दार मिडियाबाट


