यी कस्ती छोरी जस्ले आमाको नाममा भएको जग्गा आफ्नो नाममा पास गरेपछि आमालाई घर बाटै निकालिदिईन ?

काठमाडौं । देउखुरीस्थित गढवा गाउँपालिकाको न्यायिक समितिमा केही दिनअघि आमा छोरीविचको जग्गा विवादसम्बन्धी मुद्धा आयो ।

यो गाउँपालिकाकाको वडा नम्बर ६ बस्ने एक महिलाले आमालाई फकाएर उनको नाममा रहेको जग्गा आफ्नो नाममा पास गरिन् ।

जग्गा आफ्नो नाममा गराएपछि उनले आमालाई घरनिकाला गरिन् ।

यो मुद्धामा पीडित आमाले न्यायिक समितिमा दर्ता गराएको मुद्धाउपर न्यायिक समितिले दुई पक्षबीच छलफल गरायो । सामान्य छलफलबाट मात्रै निकास निस्किएन ।

न्यायिक समितिबाट निकास ननिस्किएपछि समिति संयोजक एवं गाउँपालिका उपप्रमुख शान्ति चौधरीले अदालतमा पेस गर्ने निधो गरिन् ।

तर, गाउँका भद्रभलादमीले गाउँपालिकाबाटै टुंग्याउनुपर्ने भन्दै रोके ।

मुद्धा कसरी टंग्याउने भन्नेमा किनारा लगाउने भन्नेबारे मलाई केही थाहा छैन ।, उनले भनिन् ।, – नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।