भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिने

पाल्पा, २३ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताउनुभएको छ ।

उहाँले भूकम्प पीडितका आवास निर्माणका लागि ढुङ्गा, गिट्टी, बालुवा र काठ सहजरुपमा उपलब्ध गराउने जानकारी दिनुभयो ।

प्राधिकरणद्वारा शनिबार आयोजित जिल्लाको सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा भुसालले जनप्रतिनिधिको नेतृत्वमा भूकम्प पीडितका घर बनाउने काम अघि बढाएको र स्थानीय तहमा प्राविधिक पठाएको बताउनुभयो । स्थानीय तहमा आएका प्राविधिकलाई जनप्रतिनिधिले वडा वडामा पठाएर काम अघि बढाउन भुसालले अनुरोध गर्नुभयो ।

भूकम्प प्रभावित क्षेत्रमा खटिएका इञ्जिनियरलाई १० दिने तालीम र सव इञ्जिनियरलाई दुई दिनको तालीमसमेत दिई स्थानीय तहमा पठाइएको छ । स्थानीय तहका प्राविधिकलाई पनि भूकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी तालीम दिइने उहाँले बताउनुभयो । प्राधिकरणद्वारा भूकम्प प्रतिरोधात्मक घर बनाउन सिकर्मी डकर्मीलाई सात दिनको तालीम प्रदान गर्न लागिएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भूकम्प पीडित आवास बनाउन झण्झटिलो रहेकाले यसलाई सुधार गरी अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा पाल्पाका स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृत, राजनीतिक दल, प्राविधिक, जिल्ला समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीले छिटो छरितो रुपमा भूकम्प पीडितका घर बनाउनुपर्नेमा जोड दिनुभएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।