चुनाव सम्पन्न भएको चार हप्ता पछि देउवाले बल्ल बुझाए चुनाव खर्च विवरण

डडेल्धुरा, २३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवालै चुनाव खर्च विवरण निर्वाचन कार्यालय डडेल्धुरामा बुझएका छन् । चुनाव सम्पन्न भएको चार हप्ता पछि प्रधानमन्त्री देउवाले निर्वाचन खर्च विवरण निर्वाचन कार्यालय डडेल्धुरामा बुझाएका हुन् ।

निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार प्रधानमन्त्री देउवाले २३ लाख ४ हजार पाँच सय रुपैयाँ चुनावका लागि खर्च गरेको विवरण मा उल्लेख छ ।

सबैभन्दा बढी गोष्ठी कार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ । यस्तै सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालनमा एक लाख ८९ हजार खर्च भएको उल्लेख गरिएको छ ।

मतदाता नामावली खरिदमा २ हजार ५०० र विविध खर्च एक लाख १५ हजार गरी जम्मा २३ लाख चार हजार पाँच सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।