आफ्नी छोरीलाई अपहेलना गरेको भन्दै माईतीपक्षले ज्वाईको घरबाट दाईजो फिर्ता लिए

रौतहट, पुस २४ । रौतहटमा छोरीलाई अपहेलना गरेको भन्दै माईतीपक्षले ज्वाईको घरबाट दाईजो फिर्ता लिएका छन् ।

गत बैशाख १७ गते विवाह गरेकी सिराहा जिल्ला गोलबजार नगरपालिका वडा नं ७ निवासी विष्णुकुमार बराल वि.क.को छोरी राधिका बराल वि.क.को रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नं ५ का नारायणबहादुर कामीका छोरा शाहील वि.क.सँग मागी विवाह भए पनि छोरीलाई हेंला गरेको भन्दै दाईजो फिर्ता लगेको हो ।

काठमाडौंस्थित एक ईन्जिनियरिङ्ग कलेजमा स्नातक तहमा अध्ययनरत शाहील वि.क.सँग मागी विवाह गरेकी युवतीलाई विवाह पश्चात श्रीमानले वास्ता नगरेको भन्दै युवतीको माईती पक्षले दाईजो फिर्ता लगेका हुन् ।

विवाहमा दिइएको मोटरसाईकल, दराज, पलङ्ग, सुनका गरगहना, उपहारमा आएका गाग्री, भाँडा कुँडालगायत सबै सामान फिर्ता लानुका साथै कानुन बमोजिम सम्बन्ध विच्छेद गर्ने माईतीपक्षले जनाएका छन् । ईमेज खबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।