झापाको पश्चित क्षेत्रमा रहेका नेपाल–भारत सीमाको ७२ वटा सीमा स्तम्भ हराए

दमक , पुस २४ । झापाको पश्चित क्षेत्रमा रहेका नेपाल–भारत सीमा स्तम्भमध्ये ७२ वटा हराएको पाइएको छ। नेपाल भारत संयुक्त प्राविधिक टोलीले गरेको अनुगमनका क्रममा ती सीमा स्तम्भहरु हराएको पाइएको हो।

नापी विभागका उपसचिव शिव लम्साल सम्मिलित टोलीले झापाको २२ किलोमिटर सीमा क्षेत्रको निरीक्षणका क्रममा यो तथ्य फेला पारेको हो। झापा–मोरङ्को सीमा रतुवा खोलादेखि पूर्वको माई खोलासम्मको भागमा साना ठूला गरी २२८ वटा पिल्लर रहेकामा ७२ वटा फेला नपरेको अनुगमनमा सहभागी सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट खजुरगाछीका सशस्त्र प्रहरी निरीक्षक शशी भारतीले जानकारी दिए।

उनका अनुसार टोलीले पूर्वतर्फ झापाको गौरीगञ्ज गाउँपालिका–१ को भन्सार टोलमा रहेको सीमा स्तम्भ नं. १३८ देखि पश्चिम तर्फ गौरीगञ्ज गाउँपालिका–५ डाँगी टोलमा रहेको सीमा स्तम्भ नं.१५२र३६ सम्मको निरीक्षण गरिएको हो ।

यस क्षेत्रमा रहेका १५ वटा मुख्य स्तम्भमध्ये ४ वटा हराएको पाएएको हो । यस्तै २ वटा मर्मत गर्नुपर्ने अवस्थामा र ९ वटा यथावत रहेका छन्। मझौला स्तम्भ ४ वटा नै यथावत रहेका छन। साना स्तम्भ २०७ वटामध्ये ६७ वटा हराएका छन् भने ११६ वटा यथावत छ। १६ वटा मर्मत गर्नुपर्ने र ४ वटा पुणर्निमाण गर्नुपर्ने टोलीले जनाएको छ। रिफ्ररेन्स स्तम्भ २ वटामध्ये १ वटा मर्मत गर्नुपर्ने जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।