भारत लैजाँदै गरेका २० बालकको उद्धार

जुम्ला, २५ पुस । तिला गाउँपालिकास्थित कुडारी प्रहरी चौकी जुम्लाले भारत लैजाँदै गरेका २० जना बालकको आज दिउँसो उद्धार गरेको छ ।

उद्धार गरिएका सबै बालक जुम्ला पातारासी गाउँपालिका ७ र ८ हुरी, महरी, पेरे र तल्फी गाउँका रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त प्रहरी नायब उपरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो ।

यता कुडारी प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक हिरालाल बस्नेतले नेपालगन्ज जाँदै गरेको गाडीको जेकजाँचका क्रममा २० जना बालबालिका भेटिएको बताउनुभयो ।

“उनीहरूलाई कहाँ जाने भनेर सोधपुछ गरे, लामा पढ्न भारत जाने भनेपछि उनीहरूलाई लैजाँदै गरेका दुई जनासँग कागज मागे तर भेटाइन । पछि सबैलाई जाँचबुझ गरेर मात्र छोड्नुपर्छ भनेर जिल्ला पठाएँ ।” उहाँले भन्नुभयो ।

सबै बालकलाई आज जिल्ला प्रहरी कार्यालयको महिला प्रहरी सेलमा राखिएको छ । अभिभावकको सहमतिमा लिन थालिएको भनिएपनि आधिकारिक कागजात केही नभएको र बालकहरूलाई भारततर्फ लैजाँदै गरेका पातारासी गाउँपालिकाकै दुवै जनालई अनुसन्धानका लागि हिरासत कक्षमा राखिएको निमित्त प्रनाउ पुनले बताउनुभयो ।

आधिकारिक कागजात विना भारत लैजाँदै गरेका बालकहरूका अवस्थाका बारेमा बुझ्न पातारासी गाउँपालिकाका अध्यक्ष र अभिभावकलाई बोलाइएको पनि उहाँले जानकारी दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।