प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा ११४ मध्ये ८३ उजुरीमाथि कारबाही

काठमाडौँ, २६ पुस । निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् ।

आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती उजुरीको अध्ययन गरी ८१ वटाको कारबाही किनारा लगाइएको र ३३ वटा उजुरी केही गर्नु नपर्ने खालको भएको बताउनुभयो ।

आचारसंहिता विपरीत आयोगमा सबैभन्दा बढी ३९ वटा गाडी प्रयोग गरेको उजुरी परेको थियो । यस्तैगरी कर्मचारीको सरुवा र काजसम्बन्धी ३१, विभिन्न निकायमा नयाँ कर्मचारी नियुक्तिका लागि परीक्षा सञ्चालन र करारमा भर्ना ११, निर्वाचनमा खटिने कर्मचारीको पाँच, विभिन्न समितिमा पदाधिकारी नियुक्ति र नगर तथा गाउँसभा सञ्चालनसम्बन्धी पाँच, मन्त्रिपरिषद् विस्तारसम्बन्धी एकवटा उजुरी दर्ता भएको थियो ।

गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गत भदौ १४ देखि मंसिर २६ गतेसम्म निर्वाचन आचारसंहिता लागू भएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।