ठूलो परिमाणको गाँजा सहित दुई भारतीय भरतपुरमा पक्राउ

रत्ननगर, चितवन, २६ पुस । भरतपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ । गाँजा ओसारपसारमा संलग्न दुई भारतीय नागरिकसमेत पक्राउ गरिएको जिल्ला प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

मंगलबार प्रहरी सहायक निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं ९ गोन्द्राङमा गाडीभित्र जाँच गर्दा ८६ किलो ४७० ग्राम गाँजा बरामद गरेको हो ।

चितवनबाट वीरगञ्ज हुँदै भारत जान लागेको जेएच ०१एन ८६११ नम्बरको बोलेरो गाडीमा जाँच गर्दा हुटमुनि फल्सबटम बनाई पत्रिका र प्लास्टिकले बेरी टेपले बाँधेर बण्डल बनाएर राखिएका डेढ किलोदेखि सवा तीन किलोसम्म तौल भएको ३३ बण्डल गाँजा फेला पारेको थियो ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको गाडी बरामद गर्नुका साथै त्यस कार्यमा संलग्न भारत मोतीहारी जिल्ला गोपीगञ्जका २४ वर्षीय नरेशकुमार प्रसाद र सोही ठाउँका १९ वर्षीय निकेशकुमारलाई नियनत्रणमा लिइएको छ । गाँजा ओसारपसारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता चितवन प्रहरीले चितवनको पहाडी क्षेत्रमा यो महिनामा गरेको खोजी अभियानमा १५ बिगाहामा लगाइएको गाँजा खेती फाँडेर नष्ट गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।