डा. केसी तारिखमा रिहाई !, प्रधानन्यायाधीशविरुद्ध लगाएको आरोपको प्रमाण पेश गर्न अदालतको आदेश

काठमाडौं, २६ पुस । सर्वोच्च अदालतको अपहेलना मुद्दामा डा.. गोविन्द केसीको बहस सकिएको छ। उनलाई अदालतले तारिखमा रिहाई गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहस केहीबेर अघि सकिएको हो।

अदालतले प्रधान्यायाधिश गोपाल पराजुलीमाथि लगाएको अभियोग पुष्टि गर्न प्रमाण पेश गर्न समेत निर्देशन दिएको छ । बहस अन्त्यमा ९२ वर्षीय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले केसीको पक्षमा बहस गरेका थिए। भण्डारीअघि केसीको पक्षमा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, मेजर थापा, समीक्षा बाँस्कोटा, लेखनाथ भट्टराई, गोपाल सिवाकोटी, एकराज भण्डारी र श्रीहरि अर्यालले बहस गरेका थिए।

केसीको पक्षमा बहस गर्ने अधिवक्ताहरुले उनलाई तत्काल रिहा गरी यो मुद्दामा पूर्ण इजलासले सुनुवाइ गर्नुपर्ने माग गरेका थिए। उनीहरुले प्रधानन्यायाधीश पराजुली यस मुद्दाको अर्को पक्ष भएकाले उनीमाथि लागेका आरोपको इजलासमा आएर जवाफ दिनुपर्ने बताएका थिए।

यसअघि निवेदकका तर्फबाट पूर्वमहान्याधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु श्याम खरेल, माधव बस्नेत, कुमार रेग्मी, शोभा कार्कीलगायतले बहस गरेका थिए।

दुबै पक्षको बहस सकिएकाले आजै मुद्दाको फैसला आउन सक्ने सर्वोच्चले जनाएको छ । यसअघि इजलासमा उभिएर डाक्टरले केसीले आफूले न्यायाधीशको नभई न्याय बेच्नेको विरुद्ध लडाइँ गरेको बताएका थिए। उनले आफू रैती नभई सार्वभौम नागरिक भएको पनि बहसमा उल्लेख गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।