‘पृथ्वी पथले मुलुकलाई समृद्धि तर्फ लैजाने’

काठमाडौँ, २७ पुस । ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उहाँले गरेका कार्यलाई सम्मान गर्नुपर्ने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीले विचार व्यक्त गर्नुभएको छ ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले यहाँ आयोजना गरेको ‘२९६औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस’ विषयक विचार गोष्ठीमा उहाँहरुले पृथ्वीनारायणले गरेको उल्लेखनीय कार्यले नेपाल राष्ट्र बनेको निष्कर्ष निकाल्नुभयो ।

कार्यक्रममा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए अहिले मुलुक नरहने भन्दै उहाँले गरेको कामलाई सरकारले मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँले पृथ्वी पथको आवश्यकता औँल्याउँदै यस पथले मात्र मुलुकलाई समृद्धितर्फ लैजान सक्ने दाबी गर्नुभयो ।

सरकारले यस दिवसलाई विगत झैँ राष्ट्रिय एकताको दिवस भनेर सधैँ मनाउनुपर्ने उहाँको जोड रहेको थियो ।

कार्यक्रममा पूर्वमन्त्री दिलनाथ गिरीले आजको दिनलाई सरकारले राष्ट्रिय एकता दिवस मात्र भनेकामा अपुरो भएको भन्दै दिवससँगै पृथ्वी जयन्तीका रुपमा मनाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसलाई सामाजिक विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले दिवसलाई विभिन्न राजनीतिक रंग दिनुभन्दा पनि सामाजिक र राष्ट्रभावका रुपमा मनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता डा भीमार्जुन आचार्यले विविधताका नाममा देश टुक्र्याउने काम भएको बताउनुभयो । उहाँले अहिले नेपालको सार्वभौमसत्तामाथि धावा बोलिरहेका बेला यस दिवसको सान्दर्भिकता अझै बढेको बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।